१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई ०८३ साउन २ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन ३ गते उजुरी दिएका छन् । मौखिक उजुरीका आधारमा साउन २ गते आरोतिलाई गिरफ्तार गरेको र पीडित बालिकाको स्वास्थ परीक्षण सोहिदिन पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोषकुमार खड्काले बताउनु भयो ।