६८ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिलिचोङ गाउँपालिका-५ का २७ वर्षीय अजय मेवाहाङलाई फागुन ११ गते गिरफ्तार गरेको छ ।
पीडित ज्येष्ठ नागरिकलाई ०८१ फागुन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ११ गते गरिएको छ ।