२३ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाउँपालिका-१ का २५ वर्षीय सन्तोष लिम्बूलाई फागुन १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०८१ फागुन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्लसिनाले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १० गते गरिएको छ ।