INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत राखिएका चुनावी सामग्री हटाउन निर्देशन

मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले दलका प्रतिनिधीहरू एवम् उम्मेदवारहरूलाई २४ घण्टा भित्र आचारसंहिता विपरीत राखिएका सबै प्रचार सामग्री हटाउन निर्देशन दिएका छन् ।

भक्तपुर जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्सिर १० गते आयोजना गरेको आचार संहितासम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

भक्तपुरको विभिन्न स्थानमा आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री पाएको उनले बताए । सामग्री नहटाएमा मङ्सिर १२ गतेदेखि सुरक्षाकर्मी लगाएर हटाउने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दलहरूको सहयोगको आवश्यकता रहेकाले आचारसंहिता विपरीत कार्य नगर्न निर्देशन दिए ।

अन्य

भिडियो