INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलाको हत्या घटनाका आरोपितमा गिरफ्तार

सुरुङ्गा नगरपालिका-२ कमलपुरकी ३५ वर्षीया फुलोदेवि यादवको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय शुभनारायण यादव र ६४ वर्षीय बद्रीनाथ अधिकारीलाई फागुन ४ गते गिरफ्तार गरेको छ ।

सुरुङ्गा नगरपालिका-२ हर्दियाको ववना भन्ने ठाउँस्थित घुमाउने भनिने लगी चौरीमा रहेको शुभनारायण यादवको घरमा फुलोदेबी यादवलाई विष खुवाई हत्या गरेको आरोपमा आरोपितहरूलाई गिरफ्तार गरिएको इन्स्पेक्टर मनिष श्रेष्ठले बताउनु भयो ।

इन्स्पेक्टर श्रेष्ठका अनुसार पीडितको शव ०६३ भदौ १८ गते गाउँकै खोला किनारमा फेला परेको थियो । शवको पोष्टमार्टम भदौ १९ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।

पीडितले किसुनदेव महतोसँग अन्तरजातीय प्रेमविवाह गरेको आरोपमा हत्या गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । आरोपितहरूविरुद्ध किसुनदेव महतोले ०६३ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनापछि फरार रहेका आरोपितहरूलाई खोजतलासका क्रममा १८ वर्षपछि गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाएको सप्तरी प्रहरीले जनाएको छ ।

अन्य

भिडियो