INSEC Online

📅 २०८३ जेष्ठ २२

मतदान सुरू, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता

मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि सुरू भएको राससले जनाएको छ ।

प्रदेश नं १ का ७,  प्रदेश नं ३ का ६,  प्रदेश नं ४ का ६,  प्रदेश नं ५ का २,  प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ ।

चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नु भएको तथा अहिले मतदान कार्य सुरू भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७ सय २ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यो निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् । पहिलो चरणको निर्वाचनमा २ हजार ९ सय १९ मतदानस्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

धादिङ्ग
धादिङ्ग
धादिङ्ग
धादिङ्ग
धादिङ्ग
धादिङ्ग
दोलखा
दोलखा
रामेछाप
रामेछाप
रामेछाप
रामेछाप
रामेछाप
रामेछाप

 

अन्य

भिडियो