त्रिभुवन विश्वविद्यालयले करारमा दरबन्दी थपका लागि मागेको सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेको राससले जनाएको छ ।
उक्त विश्वविद्यालयमा कार्यरत आङ्शिक प्राध्यापकलाई करारमा नियुक्तिका लागि १ हजार ४ सय २० दरबन्दी थप गर्न सहमति माग भएको थियो ।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको आज बसेको बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।