INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–२ का १६ वर्षीय बालक र बर्दगोरिया गाउँपालिका—३ का ४४ वर्षीय गोपाल विकलाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मासुको प्रलोभन देखाएर माघ २६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले आफन्तलाई घटना बारे जानकारी गराएपछि प्रहरीमा उजुरी दिएको पीडितका आफन्तले बताउनु भयो ।
पीडित पक्षले आरोपित विरुद्ध माघ २७ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बौनियाका इन्स्पेक्टर बिरबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो