INSEC Online

📅 २०८३ जेष्ठ २२

चुनाव प्रचारप्रसारको गाडीमा रहेको कुकर बम सेनाद्वारा निष्कृय

धनगढीमाई नपा-७ स्थित फुलकहामा फोरमको प्रचार गाडीमा मङ्सिर ८ गते कुकर बम राखिएको भेटिएको छ ।

उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुधन सिंहको प्रचार गाडीमा कुकर बम फेला परेको हो ।

उम्मेदवार सिंहको प्रचार गाडी बा ३ च ७६६१ नम्बरको गाडीमा कुकर बम फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेश सुवेदीले बताए ।

सुवेदीका अनुसार उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो गर्न गएको र फर्केर गाडीमा चढ्न लाग्दा झोला राखिएको चालकले देखेका थिए ।

गाडीको पछाडी सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटिएको बताउँदै इन्स्पेक्टर सुवेदीले चोहर्वा स्थित नेपाली सेनाको नयाँ गोरखनाथ गणले निष्कृय गराएको जानकारी दिए ।

अन्य

भिडियो