INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलोत्तमा नपा–१ नयाँमिल का ६९ वर्षीय यमलाल गिरीलाई प्रहरीले ०८१ माघ १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो