INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा बम विष्फोट

अज्ञात समूहले धनकुटाको फङसुवा खोला स्थित सडकमा मङ्सिर ८ गते बिहान गाडीलाई लक्षित गरी बम विष्फोट गराएको छ ।

धनकुटा नगरपालिकाको बेलहाराबेसी र खाल्सा छिन्ताङ शहिदभूमी गाउँपालिका-६ स्थित साप्तिङटारको सिमानामा रहेको फङसुवा खोलास्थित सडकमा बिहान ७ः३० बजे बम विष्फोट भएको हो । रङको बट्टामा सडकमा बिच्छ्याएर राखिएको बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धनप्रसाद शिवाकोटीले बताए ।

गुड्दै गरेको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको स्थानीय व्यापारी ठहरबहादुर विश्वकर्माले बताए । ‘बेलाहाराबेसीबाट साप्तिङटारतर्फजाँदै गरेको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको छ । बिरामी लिएर जाँदै गरेको गाडी कटिसकेपछि बम विष्फोट भएको थियो ।’-विश्वकर्माले भने ।

पछिल्लो समयमा वाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको चुनावी कार्यक्रम सोही क्षेत्रमा सञ्चालन हुँदै आएको छ । चुनावी कार्यक्रमलाई बिथोल्ने लक्ष्यका साथ उक्त बम विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

विष्फोटपछि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए ।

अन्य

भिडियो