INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर गाउँपालिका—१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षीय कुशल चौधरीलाई ०८१ मघ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ मङ्सिर २२ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित बालिकाकी साथीले बताएपछि  आरोपितविरुद्ध माघ १४ गते इलाका प्रहरी कार्यालय, भजनीमा उजुरी दिएको पीडितका बुवाले जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, भजनीका इन्स्पेक्टर युवन चौधरीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १४ गते सेती प्रादेशिक असपताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो