१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छबिसपाथिभेरा गाउँपालिका–१ का २४ वर्षीय धर्मराज गिरीलाई ०८१ माघ १२ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई माघ १२ गते बेलुकी बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन माघ १३ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर किशोर जोशीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते जिल्ला अस्पताल, बझाङमा गरिएको छ ।