INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो