INSEC Online

📅 २०८३ जेष्ठ २१

राजमार्ग छेउमा राखिएको प्रेसरकुकर बम सेनाद्वारा निष्कृय

पृथ्वीराजमार्ग छेउमा पर्ने दक्षिणी धादिङको थाक्रे गाउँपालिका-१ सिम्ले नजिकै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सडक छेउमा मङ्सिर ७ गते राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेको छ ।

सडक छेउमा झोलाभित्र राखिएको प्रेसरकुकर बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका एसपी ध्रुब राउतले जानकारी दिए ।

बिहान बम राखिएको खबर आएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो । राजमार्ग क्षेत्रमा यो समेत तीन स्थानमा बम राखेको घटना सार्वजनिक भएको छ ।

अन्य

भिडियो