INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शङ्करापुर नगरपालिका–१ का ३४ वर्षीय पूर्ण लामालाई पुस २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले उजुरी दिएपछि २२ गते गिरफ्तार गरी अनुसन्धान गरिरेहेको प्रहरी वृत्त बौद्धका डिएसपी जयश्वर रिमालले जानकारी दिनु भयो ।

लामा पक्राउ परेपछि नेकपा (एमाले) काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले एक विज्ञप्ति जारी गरेर उनलाई निलम्बन गरिएको जानकारी दिनु भयो। लामा नेकपा (एमाले) का काठमाडौँ जिल्ला समिति सदस्य तथा एक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रसूति गृह थापाथलीमा पुस २१ गते गरिएको थियो ।

 

अन्य

भिडियो