INSEC Online

📅 २०८३ जेष्ठ २१

राम्चे क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

कालिका गाउँपालिका-१ राम्चे क्षेत्रलाई आज बिहानबाट सुरक्षा सम्वेदनशीलतालाई मध्यनजर गरी कुनै पनि सभा तथा प्रचार कार्यक्रम गर्न नदिन जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र  घोषणा गरेको छ ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले राम्चेमा आज चुनावी सभा गरे झडप हुन सक्ने भन्दै सुरक्षा सम्वेदनशीलतालाई मध्यनजर गरी निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ ।

मतदान केन्द्रको ३ सय मिटर वरिपरी सभा तथा निर्वाचन प्रचार गर्न नपाउने गरी मतदान केन्द्र सुरक्षा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार मौन अवधि सुरू भएपछि सञ्चार माध्यम लगायत कुनै पनि प्रचार सामग्री बोकेर निर्वाचन प्रचार गर्न नपाइने जनाइएको छ ।

जिल्लाको सुरक्षा योजना तयार गरी सबै सुरक्षा अङ्ग परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा निर्वाचन तयारीका क्रममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् ।

अन्य

भिडियो