जिल्ला निर्वाचन कार्यालय विदुरमा मङ्सिर ७ गते सकेट बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
सकेट बम कसले राख्यो भन्ने पहिचान नभएको र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तबहादुर कुँवरले बताए ।
निर्वाचनको सामग्री वितरण भइरहेको बेलामा बिहान बम राखेको थाहा भएपछि कर्मचारीहरूलाई हटाइएको थियो ।
मुख्य सडकको छेउमा रहेको कार्यालयमा बम फेला परेपछि यातायातसमेत दुई घण्टा अबरुद्ध भएको थियो ।