INSEC Online

📅 २०८३ जेष्ठ २१

नुवाकोटको ढिकुरे निषेधित क्षेत्र, चुनाव अघिका सबै कार्यक्रम प्रभावित

जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका-१ ढिकुरे बजारलाई मङ्सिर ७ गतेका सभा जुलुस गर्न नपाईने गरी निषेधित क्षेत्र घोषित गरेको छ ।

प्रशासनले स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्वमा चौघडा, पश्चिममा वर्राफेदी डाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघडा चारकिल्ला भित्र पर्ने ढिकुरे बजारमा मङ्सिर ७ गते कुनै पनि सभा जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

मङ्सिर ७ गते रातिदेखि मौन अवधि भएकाले यहाँ चुनावअघि प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइने छैन । ढिकेरे निषेधित क्षेत्र भएसँग चुनाव अघिका सबै कार्यक्रम प्रभावित भएका छन् ।

वाम गठबन्धन र नेपाली काङ्ग्रेसले एकैदिन सभा गर्न लागेको कारण सम्भावित दुर्घटना हुन नदिन सभा गर्न प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापा र क्षेत्र नं. १ का उम्मेदवार डाक्टर रामशरण महतसहितका नेताहरू र वाम गठबन्धनको कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

अन्य

भिडियो