INSEC Online

📅 २०८३ जेष्ठ २१

सकेट बम बनाउन लागेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

थाक्रे गाउँपालिका-७ निवासी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३७ वर्षीय कृष्ण खतिवडालाई मङ्सिर ६ गते बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित प्रहरीले गिरफ्तार गरेको छ ।

थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभा बिथोल्नका लागि सकेट बम बनाउन लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी राबहादुर केसीले जानकारी दिए ।

बम विष्फोट गराउन योजना गरिएको जुङ्गेखोलामा वाम गठबन्धनका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मरकट्टेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रहरीले उम्मेदवार र चुनावी सभा लगायतलाई विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षाकर्मी परिचालन गरी सुरक्षाको प्रत्याभूति गरिएको डिएसपी केसीले जानकारी दिए ।

अन्य

भिडियो