INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-४ ठोकाका २७ वर्षीय मोहनकुमार राईलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ कात्तिक २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८१ मङ्सिर २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाका बाबुले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि पुस १२ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

आरोपितलाई पुस १२ गते धनकुटा सहिदभूमि गाउँपालिका-४ खोकुस्थित आफन्तको घरबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २८ गते गरिएको छ ।

अन्य

भिडियो