INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-२ का २१ वर्षीय आकाश कार्कीलाई पुस १५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८१ पुस १४ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्व पुस १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १४ गते गते गरिएको छ ।

अन्य

भिडियो