INSEC Online

📅 २०८३ जेष्ठ २१

काङ्ग्रेस प्रचार टोलीमाथि अज्ञात समूहबाट बम प्रहार

चुनावी प्रचार अभियानका लागि निसीखोला गाउँपालिकाको याङ्म्याङ् पुगेको काङ्ग्रेस प्रचार टोलीमाथि मङ्सिर ५ गते अपरान्ह अज्ञात समूहले बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

याङ्म्याङ् गाउँमा चुनावी प्रचार सकेर गाउँको तलपट्टी रहेको कालझुण्डी भन्ने स्थानमा जङ्गलको बाटो हिँडिरहेको टोलीमाथि बम प्रहार गरिएको बमले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय बाग्लुङका एसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल सहितको चुनावी प्रचार टोली झिवाखोलातर्फ फर्कने क्रममा जङ्गल नजिकैबाट रूखमा फालिएको बम सडकदेखि तल झरेर पडि्कएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।

सो स्थानमा केही दिन अघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा कर्मचारीलाई घेराहाली उनिहरूसँग भएको नमूना मतपत्र र पोस्टर खोसेर च्यातेका थिए ।

बम प्रहार कुन पक्षले गरेको भन्ने जानकारी आउन नसकेको तथा घटनामा संलग्न पक्षको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बाग्लुङले जनाएको छ ।

अन्य

भिडियो