३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-३ तार्कोमका ३० वर्षीय कमलप्रसाद राईलाई पुस ३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०८१ मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ३ गते गरिएको छ ।