जिल्ला सुरक्षा समिति डडेल्धुराले जिल्लाका १६ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निष्कर्ष निकालेको छ ।
७७ मतदानस्थल र १ सय ७७ ओटा मतदान केन्द्र रहेको डडेल्धुरामा ३७ स्थल सम्वेदनशील र २४ मतदानस्थल सामान्य रहेको समितिले निष्कर्ष निकालेको हो ।
चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरीएको छ ।
कुल ८१ हजार ७ सय ३२ मतदाता रहेको डडेल्धुरामा निर्वाचनका लागि ९ सय जना कर्मचारी खटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।