INSEC Online

📅 २०८३ जेष्ठ २१

सिन्धुलीका २९ मतदान केन्द्र अति सम्वेदनशील

सिन्धुलीका २९ ओटा मतदान केन्द्रहरू अति सम्वेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताएका छन् ।

जिल्लामा रहेका १ सय ४० मतदान केन्द्रमध्ये २९ ओटा मतदान केन्द्र सुरक्षा तथा विकटताका कारण अति सम्वेदनशील रहेको उनले बताए । यसैगरी ७९ ओटा मतदान केन्द्रहरू सम्वेदनशील र ३२ ओटा मतदान केन्द्रहरू भने सामान्य अवस्थामा रहेको उनको भनाई छ ।

मुख्य निर्वाचन अधिकृत सहित प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले जिल्लाका सवै मतदान केन्द्रको अवलोकन गरेको उनले बताए ।

अन्य

भिडियो