INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१३, बबनीका १९ वर्षीय सुरज मौर्यलाई प्रहरीले ०८१ मङ्सिर २० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले मङ्सिर ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १९ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो