जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मङ्सिर ३ गते राखेको सकेट बम नेपाली सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको थियो । कार्यालयको गेटमै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछारबजार क्षेत्रलाई नियन्त्रणमा लिएर निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले जानकारी दिए । जिल्ला निर्वाचन कार्यलयमै बम भेटिएपछि निर्वाचन कार्यलयको काम समेत प्रभावित भएको थियो ।