स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर ३ गते धनगढीमा सम्पन्न गरेको छ ।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपुर्ण रहेको बताए ।
स्वच्छ निर्वाचनका लागि मानव अधिकार रक्षकहरूले स्थानीय तहमै मानव अधिकार रक्षक सञ्जाल गठन गरेर निर्वाचनको अनुगमन तथा पर्यवेक्षण गर्न अध्यक्ष प्याकुरेलले आग्रह गरे ।

कार्यक्रममा नागरिक समाज, मानव अधिकारकर्मी, अधिवक्ता, पत्रकार, सामाजसेवी र विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।