आसन्न निर्वाचनका लागि मत माग्न बाजुरा आएका प्रधनामन्त्री शेरबहादुर देउवाको स्वागतका लागि निर्वाचन आचरसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको छ ।
हेलिकप्टरमा जिल्ला सदरमकाम मार्तडीको जिल्ला स्वास्थ्य कार्यालयमा ल्याण्ड भएपछि बाजागाजाका साथ नाराजुलुस गरेर खुलामञ्च जाने क्रममा बालबालिकाको प्रयोग गरिएको हो ।
बाजा बजाउनका लागिसमेत बालबालिकाको प्रयोग गरिएका थियो । केन्द्रदेखि जिल्ला स्तरसम्मका नेताहरूले पटकपटक बालबालिका प्रयोग नगर्ने भनी हस्ताक्षर सहित प्रतिबद्धता जनाएपनि ठिक त्यस विपरीत सरकार प्रमुख नै सहभागी कार्यक्रममा बालबालिकाको प्रयोग भएको हो ।