INSEC Online

📅 २०८३ जेष्ठ २२

आचारसंहिता विपरीत मत माग्दै कर्मचारी

राजविराज नगरपालिका कार्यालयका लेखापाल शत्रुघ्न दासले प्रदेश सभाका लागि राजपा-फोरम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजपाका महासचिव मनिष सुमनको मत मागेर आचार संहिता उल्लङ्घन गरेका छन् ।

Photo20171118Saptari

लेखापाल दासले सप्तरीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ (२) बाट उम्मेदवार रहेका सुमनको तस्विर र चुनाव चिन्हसहित भोट फोर सुमन लेखिएको प्रोफाइल पिक्चर आफ्नो फेसबुक पेजमा राखेका छन् ।

निर्वाचन आचारसंहिता, २०७२ मा कर्मचारीहरूले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नहुने तथा तटस्थ र निष्पक्ष रहनु पर्ने उल्लेख छ ।

अन्य

भिडियो