INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गरिफ्तार

३० वर्षीया महिलालाई ‘फ्रि भिषा फ्रि टिकट’मा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याएर बेचबिखन गरेको आरोपमा नुवाकोट तादी गाउँपालिका—५ घर भएकी ३२ वर्षीया कुसुम कँडेललाई मङ्सिर ७ गते काठमाडौँ महानगरपालिका—९ बाट र सिन्धुपाल्चोक चौतारा नगरपालिका— ६ घर भएका ५० वर्षीय सकुलाल भनिने माइला लामा तामाङलाई ६ गते मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको नेपाल प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन व्यूरोका एसपी भावेश रिमालले जानकारी दिनु भयो ।

पीडित महिलालाई मासिक १ सय २० कुवेती दिनार तलबमा काम लगाईदिने भनी प्रलोभन देखाई ९ सय कुवेती दिनार लिई ०८० साउन ४ गते नेपालबाट दुबई हुँदै कुवेतको अलजारा पुर्‍याइ बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको एसपी रिमालले जानकारी दिनु भयो ।

पीडित महिलालाई कुवेती घर मालिकले चरम श्रमशोषण, यौन शोषण गरी राखेको पीडितले बताइन् । सोही अवस्थामा भागेर कुवेत प्रहरीले उनलाई नियन्त्रणमा लिई ट्राभल डकुमेन्ट बनाई ०८१ कात्तिक ९ गते नेपाल फर्केर ०८१ मङसिर ४ गते पीडितले व्यूरोमा उजुरी दिएको मानव बेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ ।

अन्य

भिडियो