INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्ति सम्झौताका १८ वर्ष: कानुन संशाेधन भएसँगै पलाएको आशा

बेपत्ता पारिएका व्यक्तिको छानबिनसत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ पारित भई भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै सङ्क्रमणकालीन न्यायको विषयमा आशा पलाएको इन्सेकले जनाएको छ ।

शान्ति सम्झौता भएको १८ औँ वर्षको अवसरमा ०८१ मङ्सिर ५ गते इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले एक विज्ञप्ति जारी गरी १८ वर्ष अघिदेखि अवरुद्ध नेपालको सङ्क्रमणकालीन न्यायको विषयमा आशा पलाएको बताइएको छ ।

मानव अधिकार उल्लङ्घनका घटनाहरूको उजागर गर्दै त्यसमा संलग्न दोषीहरूलाई कारबाही गरिनु सङ्क्रमणकालीन न्याय व्यवस्थाको प्रमुख कार्य एवम् माग हो । मानव अधिकार उल्लङ्घन तथा अपराधका घटनाको बृहत् सुनुवाइले सङ्क्रमणकालीन न्यायिक प्रक्रियालाई सहज बनाउँछ । अहिले सबैको ध्यान आयोगका पदाधिकारीहरूको चयन गर्न नेपाल सरकारले गठन गरेको सिफारिस समितितर्फ केन्द्रित भएको छ । दलीय भागबण्डा भन्दामाथि उठी शान्ति प्रकृयालाई आत्मसात गर्न सक्ने पदाधिकारी नियुक्त हुनु जरुरी छ ।’–विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उचित प्रक्रियाका आधारमा पीडकको अभियोजनपीडितलाई सम्मानजनक ढङ्गले क्षतिपूर्ति तथा परिपूरणपीडितको आत्मसम्मानमा चोट नपुग्ने गरी उनीहरूको सहमतिमा क्षमादान प्रक्रियालाई सङ्क्रमणकालीन न्यायिक प्रकृयाले समेट्न सके नेपालको शान्ति प्रकृयाले सार्थकता पाउने उल्लेख छ । यसैगरीविज्ञप्तिमा विगतबाट पाठ सिक्दै अगाडिको बाटो तय गर्न सकिएन भने न्याय र परिपूरणको सवाल ज्युँका त्युँ रहने खतरा विद्यमान रहेको र इन्सेकले यस प्रकृयाको निगरानी र खबरदारीको शुरुआत गरिसकेको उल्लेख छ ।

अन्य

भिडियो