INSEC Online

📅 २०८३ जेष्ठ २१

राज्यमन्त्री पुनलाई लक्षित गरी बम विष्फोट

सिंचाई राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी कात्तिक ३० गते रोल्पामा सुतली बम विष्फोट गराइएको छ ।

सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका २ जौलिपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका-१ घोडागाउँको भाग्रीबाङमा दिउसो १ बजे अज्ञात समूहले पुन सवार गाडीलाई लक्षित गरी सुतली बम विष्फोट गराएको रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।

विष्फोटबाट कुनै क्षति भने भएको छैन । उक्त क्षेत्रमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

अन्य

भिडियो