INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा तीन जना गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई धनकुटाको विभिन्न स्थानबाट कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका जिल्ला सदस्य धनकुटा नपा-७ का ५० वर्षीय मोहनप्रसाद ओझा (विज्ञान), कार्यकर्ता पाख्रीवास नपा-४ का २२ वर्षीय प्रेम कट्टेल र खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका-६ थलथलेका ४० वर्षीय नरजित राईलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदिप राजभण्डारीले बताए ।

आरोपित ओझालाई धनकुटाको हिलेबजार, कट्टेललाई पाख्रीवास बजार र राईलाई आँखिसल्लाको थलथलेबजारबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

यसअघि भएको स्थानीय तहको निर्वाचनमा पनि निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा धनकुटाबाट सो पार्टीका जिल्ला इञ्चार्जसहितका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

उनीहरू निर्वाचन सम्पन्न भएपछि छुटेका थिए । निर्वाचनको मिति नजिकिएसँगै प्रहरीले सो पार्टीको कार्यकर्तामाथि निगरानी बढाएको छ ।

अन्य

भिडियो