INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन विरोधि गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

निर्वाचन विरोधि गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई कास्कीका विभिन्न ठाउँबाट प्रहरीले कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेमा राजु भुजेल, भगवतिप्रसाद लम्साल र सोमनाथ अधिकारी रहेका छन् । यसअघि पनि प्रहरीले कास्कीबाट पटकपटक गरी १२ जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले जानकारी बताए ।

अन्य

भिडियो