INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीलाई घर पठाएर शिक्षक पार्टीको कार्यक्रममा गएको आरोप

अछामको चौरपाटी गाउँपालिका-४ पायलमा रहेको वैजनाथ माविका विद्यार्थीहरूलाई घर पठाएर शिक्षकहरू दलको प्रचारमा गएको स्थानीयले आरोप लगाएका छन् । उक्त वडामा कात्तिक २८ गते नेपाली काङ्ग्रेसको चुनावी सभा थियो ।

कात्तिक २८ गते  बिहान परीक्षाको नतिजाका सन्दर्भमा अभिभावकसँग समीक्षा भन्दै करिब ११ बजेतिर विद्यार्थीलाई हाजिर गरेर घर पठाएको जनाइएको छ ।

विद्यालयका प्रधानाध्यापक दिपकबहादुर कुँवरले दलको कार्यक्रमका लागि विद्यालय बन्द नभएको बताए । प्रधानाध्यापक कुँवरले अभिभावकसँग त्रैमासिक परीक्षाको समीक्षा भएको र काम सकेर कुनै शिक्षक गएको हुनसक्ने बताए ।

उक्त विद्यालयमा ६ सय भन्दा बढी विद्यार्थी रहेकामा २४ जना शिक्षक कार्यरत छन् । अछामका केही शिक्षकहरू दलका चुनावी कार्यक्रममा सहभागी हुन थालेपछि विद्यालयको पढाइ प्रभावित हुन थालेको स्थानीयको आरोप छ ।

चुनावी कार्यक्रममा मात्र नभइ शिक्षकले कुनै समयमा पनि दलका कार्यक्रममा सहभागी हुन नपाउने आचारसंहिता भएपनि अछाममा केही शिक्षकले आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् ।

अन्य

भिडियो