प्रतिनिधि सभा तथा प्रदेश सभाको मिति नजिकिएसँगै कपिलवस्तुमा पनि निर्वाचन सुरक्षा ब्यवस्था बलियो बनाइएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुका ३ सय ३३ मतदानस्थलमध्ये १ सय ५३ मतदानस्थल अति सम्वेदनशील, ६५ स्थान सम्वेदनशील तथा अन्य मतदानस्थल सामान्य रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गरी जिल्लाको सुरक्षाको ब्यवस्था मजबुत बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए । जिल्ला सुरक्षा समितिले निर्वाचनलाई ध्यानमा राखेर जिल्लाका मतदानहरूलाई अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरि सुरक्षा रणनिति तय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए ।
जिल्ला सुरक्षा समितिले दिएको जानकारी अनुसार जिल्लाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलिरहित बनाउन जिल्लामा ५ हजार ३ सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।
निर्वाचनको समयमा जिल्लामा ३ हजार ३ सय कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ ।