INSEC Online

📅 २०८३ जेष्ठ २२

फोरम-राजापका लागि मत माग्दै सरकारी कर्मचारी

राजविराज नपा-१६ बोरियामा कात्तिक २७ गते आयोजित फोरम र राजपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै जिल्ला वन कार्यालय, सप्तरीका नायव सुब्बा अजयकुमार झाले मत मागेर आचारसंहिता उल्लङ्घन गरेका छन् ।

Photo20171113Saptari8

वडा नम्बर १६ का अध्यक्ष बुचाई दासको अध्यक्षतामा वडा कार्यालय अगाडि भएको चुनावी सभामा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन सप्तरीका अध्यक्षसमेत रहेका झाले मधेसी जनताको भावना अनुसार एकजुट भएर चुनावमा आएका मधेस गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे ।

Photo20171113Saptari9

सभामा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधि सभाका उम्मेदवार उपेन्द्र यादव, राजपाका महासचिव एवम् प्रदेश सभाका उम्मेदवार मनिषकुमार सुमन, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झालगायतको उपस्थिति रहेको थियो ।

निर्वाचन आचार संहिता, २०७२ मा कर्मचारीहरूले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्नु नहुने तथा तटस्थ र निष्पक्ष रहनु पर्ने उल्लेख छ ।

अन्य

भिडियो