INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर, जिल्ला स्थायी घर भएका २८ वर्षीय राकेश हेम्बेवा लिम्बूलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० माघ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८१ कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विवेक बस्नेतले बताउनु भयो ।

बलात्कारको घटनापछि पीडित बालिकाले ०८१ कात्तिक ७ गते जिल्ला अस्पताल, ताप्लेजुङमा छोरीलाई जन्म दिएकी छन् ।

अन्य

भिडियो