१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-५ भाडसरका २६ वर्षीय जय किशोर खिडहरी (यादव) विरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ कात्तिक ११ गते उजुरी दिनुभएको छ ।
पीडितलाई आरोपितले असोज २३ गते कुटपिट गर्नुका साथै ज्यान मार्ने धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।
घटनापश्चात आरोपित खिडहरी (यादव) फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।