INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-५ का ३६ वर्षीय नुरहसन मिकरानीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ कात्तिक ४ गते उजरी दिनुभएको छ ।

पीडित बालकलाई आरोपितले रोजगारीको प्रलोभन देखाई असोज २४ गते भारतको विहार राज्य पटना लग्दै गर्दा इलाका प्रहरी कार्यालय सिमराबाट नेपाल भारत सिमामा खटिएका प्रहरी टोलीले आरोपितलाई सोध पुछ गर्न खोज्दा बालक रुन थालेपछि आरोपित बालकलाई छाडी भारत तर्फ फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

बालकलाई उद्धार गरी सोही दिन परिवारको जिम्मा लगाएको र आरोपित मिकरानीको खोजतलास भइरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो