INSEC Online

📅 २०८३ जेष्ठ २१

चार वर्षदेखि एक्सरे मेसिन र प्रयोगशाला सेवा सञ्चालन नहुँदा सेवाग्राहीलाई समस्या

धनगढी उपमहानगरपालिका–७ बेलीस्थित शहरी स्वास्थ्य प्रबर्धन केन्द्रमा जनशक्ति अभावका कारण चार वर्षदेखि एक्सरे मेसिन र प्रयोगशाला सेवा सञ्चालन नहुँदा स्थानीय सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सो केन्द्रमा संघीय सरकारले दिदै आएको बजेट आउन छोडेपछि एक जना डाक्टर र एक जना रेडीयोलोजिस्टको दरबन्दी रिक्त भएपछि सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

photo20241024kailali (1)

जनशक्ति अभावका कारण शहरी स्वास्थ्य प्रबर्धन केन्द्रमा एक्सरे मेसिन र प्रयोगशाला सेवा बन्द भएपछि सामान्य चेकजाँच गरी एक्सरे र अन्य चेकजाँचका लागि अन्य अस्पतालमा जानु पर्ने बाध्यता रहेको धनगढी उपमहानगरपालिका–७ बेलीकी गर्भवति सुनिता चौधरीले गुनासो गर्नु भयो ।

शहरी स्वास्थ्य प्रबर्धन केन्द्र, बेलीमा एक्सरे मेसिन र प्रयोगशाला सेवा सुरु भएदेखि स्थानीयहरुलाई स्वास्थ्य सेवा लिनका लागि केही सहज भए पनि हाल स्वास्थ्यकर्मी अभावका कारण आर्थिक रुपले कमजोरा तथा पछाडि परेका महिलालाई थप समस्या उत्पन्न भएको धनगढी उपमहानगरपालिका–१५ कनरीकी फिरिया चौधरीले बताउनु भयो ।

photo20241024kailali (3)

स्वास्थ्य केन्द्रमा दक्षजनशक्ति नहुँदा प्रबर्धन केन्द्रमा रहेको एक्सरे मेसिन र प्रयोगशाला सेवा बन्द भएपछि  छातीको सामान्य एक्सरे र पिशाव तथा खुन चेकजाँच गर्न समेत धनगढी जानु पर्ने बाध्यता रहेको धनगढी उपमहानगरपालिका–१२ जुगेडा डीगाउँकी २१ वर्षीया आशा दमाईले गुनासो गर्नु भयो ।

photo20241024kailali (4)

शहरी स्वास्थ्य प्रबर्धन केन्दलाई नगर अस्पतालको रुपमा विस्तार गर्न स्रोत साधन र जनशक्तिको व्यवस्था गरिएको भए पनि कोभिड माहामारीपश्चात संघीय सरकारले दिदै आएको बजेट कटौती भएपछि एक जना चिकित्सक, एक जना रेडीयोलोजिष्ट र एक जना ल्याव टेक्नीसियनको दरबन्द रिक्त रहदा स्थानीय सेवाग्राही, गर्भवती र आर्थिक रुपमा बिपन्न व्यक्तिहरुले समस्या भोग्नुपरेको शहरी स्वास्थ्य प्रबर्धन केन्द्र, बेलीकी प्रमुख तथा सिनियर अहेव जयकला रावलले बताउनु भयो ।

photo20241024kailali (6)

स्वास्थ्य प्रबर्धन केन्द्रमा सुगर र प्रेसरका बिरामी दैनिक रुपमा आउने गरेको भए पनि प्रयोगशाला सेवा बन्द भएका कारण बिरामीहरुलाई अस्पताल रिफर गर्नु पर्ने भएकोले स्थानीयहरुले थप समस्या भोग्नुपरेको उहाँले बताउनु भयो ।

photo20241024kailali (2)

अन्य

भिडियो