सल्यानको बागचौर नगरपालिका-२ घर भई हाल कीर्तिपुर नगरपालिका–८ बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसीलाई प्रहरीले ०८१ कात्तिक ६ गते गिरफ्तार गरेको छ ।
बलात्कार र गर्भपतन मुद्दाका फरार किसुरदार केसीलाई कीर्तिपुर नगरपालिका–८ स्थित पाँगाबाट गिरफ्तार गरेको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।
बलात्कार र गर्भपतन मुद्दामा उच्च अदालत सुर्खेतले केसी विरुद्ध १२ वर्ष ६ महिना कैद र पाँच हजार जरिवाना हुने ठहर गरेको छ ।
जिल्ला अदालत सुर्खेतबाट २०८१ वैशाखमा भएको उक्त फैसलापछि उनी फरार थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
केसी विरुद्ध २०७७ साउन २ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जवरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।