गर्भपतन गराएर शिशुको हत्या गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-३ का ५१ वर्षीय पुरूष र ३३ वर्षीया महिलालाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।
अनैतिक शारिरीक सम्बन्धबाट गर्भ बसेपछि गर्भपतन गराई शिशुको हत्या गरी ०८१ कात्तिक ६ गते सडकमा फालेको सूचना स्थानीयले कात्तिक ६ गते प्रहरीलाई दिएका थिए ।
स्थानीयले दिएको सूचनाका आधारमा घटनाका आरोपितद्वयलाई अनुसन्धानका कात्तिक ६ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा कात्तिक ७ गते गरिएको छ ।
घटनाका आरोपितको परिचय प्रहरीले गोप्य राखेको छ ।