INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन वर्षीया छोरीसहित आमा बेपत्ता, खोजी गर्न प्रहरीले चासो नदिएको आरोप

तीन वर्षीया छोरीसँगै आमा बेपत्ता घटनामा प्रहरीले बेपत्ताहरूको खोजीमा चासो नदिएको पीडित पक्षले आरोप लगाएको छ ।

तीन वर्षीया छोरीसहित आमा बेपत्ता घटनाका पीडितले छोरी र पत्नीको खोजी गरिदिन प्रहरीले चासो नदेखाएको आरोप लगाएको हो ।

सुनवर्षी नगरपालिका-४ की २६ वर्षीया कृष्टि राजवंशी तीन वर्षीया छोरी नायरा दाससँगै ०८१ असोज २१ गतेदेखि बेपत्ता भएपछि असोज २३ गते इलाका प्रहरी कार्यालय, रङ्गेलीमा उजुरी गरेपनि प्रहरीले चासो नदिएको पीडित पक्षको आरोप छ ।

तीन वर्षीया छोरी र पत्नीको खोजीका लागि प्रहरीमा असोज २३ गते उजुरी दिएपनि प्रहरीले बेपत्ताहरूको खोजीमा चासो नदिएको कृष्टिका पति अमितकुमार दासले कात्तिक ६ गते विराटनगरमा पत्रकार सम्मेलन गरी गुनासो गर्नु भयो ।

पत्नी र छोरी बेपत्ता भएको दुई साता बितेपनि प्रहरीले बेपत्ता भएकाहरूको बारेमा कुनै सूचना दिन नसकेको पीडित अमितकुमार दासको आरोप छ ।

प्रहरीका सबै युनिटमा बेपत्ताहरुको हुलिया दिएर खोजी भइरहेको इलाका प्रहरी कार्यालय, रङ्गेलीले जनाएको छ ।

कृष्टि राजवंशी माइती घर बेलवारी नगरपालिका-८ वलुवाहीबाट पतिको घर सुनवर्षी नगरपालिका-४ काशीजन आउने क्रममा ०८१ असोज २१ गतेदेखि बेपत्ता भएकाले खोजी गरिदिन पति अमितकुमार दासले कात्तिक ६ गते विराटनगरमा पत्रकार सम्मेलन गरी आग्रह गर्नु भएको छ ।

आमाछोरी बेपत्ता भएकाले खोजी गरिदिन असोज २३ गते इलाका प्रहरी कार्यालय, रङ्गेलीमा उजुरी दिएपनि प्रहरीले खोजी नगरिदिएको पीडित अमितकुमार दासले पत्रकार सम्मेलनमा गुनासो गर्नु भएको छ ।

अन्य

भिडियो