INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियाका ५७ मतदानस्थल अतिसम्वेदनशील

बर्दियाका ५७ ओटा मतदानस्थललाई सुरक्षाका आधारमा अति सम्वेदनशील कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका १ सय ५३ मतदानस्थलमध्ये ५७ ओटा मतदानस्थललाई सुरक्षा दृष्टिले अति सम्वेदनशील, ४२ ओटा मतदानस्थललाई सम्वेदनशील र ५४ ओटालाई सामान्य स्थलको रूपमा बर्गिकरण गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

भारतीय सीमा क्षेत्रसँग जोडिएका मतदानस्थल, भौगोलिक दृष्टिले सदरमुकामसँग टाढा रहेका र खराब बाटोका हिसावले अति सम्वेदनशील मतदानस्थलको रूपमा बर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

प्रजिअ भट्टराईका अनुसार निर्वाचनका समयमा मतदानस्थलको सुरक्षा तीन घेरामा रहने छ । मतदानस्थल भित्र नेपाल प्रहरीको घेरा, त्यसपछि सशस्त्र प्रहरी र त्यसबाहिर नेपाली सेनाको घेरा रहने प्रजिअ भट्टराईले बताए ।

निर्वाचनका लागि भर्ना गरिएका १ हजार ५ सय १४ म्यादी प्रहरीसमेत मतदानस्थलको सुरक्षामा खटिने प्रजिअले बताए । उम्मेदवारको सुरक्षाका लागि उम्मेदवारलाई आवश्यक पर्ने सुरक्षाका आधारमा सुरक्षा व्यवस्था गरिएको प्रजिअ भट्टराईले जानकारी दिए । बर्दियामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि निर्वाचन क्षेत्र रहेका छन् ।

अन्य

भिडियो