२५ वर्षीया महिलालाई रुपन्देही मर्चवार गाउँपालिकाका २९ वर्षीय राजेन्द्र कुर्मीले बलात्कार गरेको भन्दै पीडितले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपितले कात्तिक २१ बलात्कार गरेको आरोपमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् ।
आरोपित फरार रहेका कारण खोजी र आवश्यक कारबाही गरिपाउँ भनि पीडितको उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यलय, नवलपरासीका सई टिकाराम पोखरेलले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।