INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय काकाविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८१ कात्तिक १ गते उजुरी दर्ता भएको छ ।

पीडित पक्षले असोज २६ गते इलाका प्रहरी कार्यालय खानीखोलामा उजुरी दिएपछि असोज २७ गते आरोपितलाई गिरफ्तार गरी हिरासतमा लिएको थियो । दशैँ विदा सकिए लगत्तै अदालत खुलेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिनु भयो ।

लामो समयदेखि बालिकालाई बलात्कार गरेको र बलात्कारपछि बच्चाको गर्भपतन समेत गराएको अवस्थामा पीडितले उजुरी गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १ गते धादिङ अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो