INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत कार्यक्रम गरेको आरोप

नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश सभाका समानुपातिक उम्मेद्वार नेपाली चलचित्रका नायक नवल खड्काले निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम गरेको आरोप छ ।

नायव खड्काद्धारा लिखित ‘भिमदत्त’ फिल्म देखाउने भन्दै कात्तिक २२ गते साँझ स्थानीयलाई बोलाएर चुनावी प्रचार-प्रसार र मन्तव्य राखेर सुरू भएको कार्यक्रम आचारसंहिता विपरीत भएको भन्दै प्रशासनले बिचमै बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम गर्ने भनी कवुल गरेका नायक खड्काले सदरमुकामको त्रिवेणीचोकस्थित होटल आचार्य एण्ड लज अगाडि सडकमा ‘भिमदत्त’ नामक चलचित्र देखाएका थिए । साँझ ७ बजेदेखि देखाइएको फिल्म ८ बजे मध्यन्तरपछिको केही समयमा बन्द गराइको हो ।

‘हामीसमक्ष साङ्गीतिक कार्यक्रम मात्रै गर्छौँ भनेकाले राष्ट्रिय तथा जिल्लाकै कलाकार भएका नाताले कार्यक्रम गर्न दिएका हौँ । तर, उहाँहरूले आफूले बोलेको आफैँले पालना नगर्दा बाध्य भएर कार्यक्रम बन्द गराएका हौँ ।’-प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भने ।

समानुपातिक उम्मेद्वार तथा नायक खड्काले प्रशासनमा सिनेमा देखाउने कुरा नै नगरेको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीका अनुसार कुनै पनि दल तथा उम्मेद्वारले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जुलुस, आमसभा, र्‍याली, भाषण, साङ्गीतिक कार्यक्रम गर्न पाईन्छ ।

‘निर्वाचन आचार संहिताभन्दा बाहिर गएर कार्यक्रम गर्न आचारसंहिताले दिन्न ।’-निर्वाचन अधिकृत खत्रीले भने-‘आचारसंहिता विपरीत कार्यक्रम गर्न कसैलाई अधिकार छैन ।’

समानुपातिक उम्मेदवार हुनु र निर्वाचनको मुखमा सिनेमा देखाइनुलाई मतदातालाई प्रभावित पार्न खोजेको भन्ने आरोप छ ।

अन्य

भिडियो